सुनको मूल्य निरन्तर उकालोतिर
काठमाडाैं | कात्तिक १३, २०८१
काठमाडौँः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ ।
सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो ।
यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ ।
सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

